कीर्तिपुरबाट प्रचण्डले दिए आन्दोलनको धम्की
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्न एउटा नयाँ आन्दोलन आवश्यक भएको बताएका छन्।
बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू पुनः आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माण गर्न लागि परेको बताएका हुन्।
‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक छ। हामी थाक्न हुने स्थिति छैन। म थाकेको छैन। फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु,’ उनले भने।
उनले आगामी १६ मंसिरमा हुने उपनिर्वाचन सामान्य कुरा मात्रै नभएको बताए। ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्। विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो,’ उनले भने।
उनले अहिले विचौलियाहरूको सेटिङमा सरकार बनेको निर्माण भएको दाबी गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment