दुर्गा प्रसाईंलाई लगियो हरिसिद्धी अस्पताल
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल भर्ना गरिएको हो।
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन आदेश दिएसँगै उनलाई अस्पताल लगिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएसँगै उनी प्रहरी हिरासतमा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment