नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

डिसी नेपाल
१४ मंसिर २०८१ १३:०७
52
Shares

काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबबीच बुधबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रा.लि. को तर्फबाट प्रमुख वित्त अधिकृत श्री सुजन प्रधानले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिन स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *