बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
हेटौडा। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ।
सोमबार प्रदेश सभामा विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
कांग्रेसले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment