परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कँदै

डिसी नेपाल
१५ मंसिर २०८१ ८:२८
208
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कँदै छिन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। सो भेटवार्ता छन्दुमा नै भएको थियो।

सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन्। परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *