नेकपा एसका सम्मानित नेता खनाल चीन प्रस्थान
फाइल तस्वीर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।
पूर्वप्रधानमन्त्री खनालसहित पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन प्रस्थान गरेका छन्। खनाल नेकपा एसका विदेश विभाग प्रमुख पनि हुन्।
उत्तरी छिमेकी मुलुक चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल साताव्यापी भ्रमणको लागि गएका हुन्।
नेता खनालले डिसेम्बर १ मा बेइजिङमा चिनियाँ उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment