उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

डिसी नेपाल
१६ मंसिर २०८१ १०:०७
416
Shares

काठमाडाैं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्।

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रियत दिँदै कुरा उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए।

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालकाे निधनपछि रिक्त रहेकाे पदमा उपनिर्वाचन भएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *