उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए।
‘उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको जानकारी गराएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
शान्तिपूर्ण, भयरहित, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सफल भएको बताउँदै कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment