ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
काठमाडौं । स्थानीय तहको आइतबार सम्पन्न उपचुनावअन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।
सुरु भएको मतगणनामा अहिलेसम्मम नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मतका साथ पछ्याइरहेका छन्।
रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत ल्याएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment