No ads found for this position
No ads found for this position

ककनी-२ मा ७१ प्रतिशत मतदान, आजै मत गणना हुने

No ads found for this position
No ads found for this position
No ads found for this position
दिपेश न्यौपाने
१६ मंसिर २०८१ २१:२६
804
Shares
No ads found for this position

नुवाकोट । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा आजै मतगणना हुने भएको छ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले ७०.६८ प्रतिशत मत खसेकोमा आजै गणना गरेर परिणाम सार्वजनिक गरिने जानकारी दिए।

मतदानमा २ हजार २२५ मतदाता सहभागी भएका थिए। यस वडामा कुल मतदाता संख्या ३ हजार १७३ रहेको छ।
निर्वाचनमा दुई मतदान स्थल तोकिएको थियो। वडा कार्यालय मतदान स्थलबाट १ हजार ३० मतदातामध्ये ७ सय ४ जनाले मतदान गर्दा शिवालय मावि केन्द्रबाट २ हजार ६१ मतदातामध्ये १ हजार ५२१ जनाले मतदान गरेका छन् ।

शान्तिपूर्ण मतदान सम्पन्न भएसँगै अहिले सबै मतदान केन्द्रबाट मत पेटीका मतगणना हुने काउलेथाना निर्वाचन कार्यालयमा ल्याइएको छ। केही बेरमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत आचार्यले जानकारी दिए।

वडाध्यक्षका लागि ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *