जाजरकोटको कुशे-७ मा कांग्रेस उम्मेदवार निर्वाचित

डिसी नेपाल
१६ मंसिर २०८१ २१:३७
740
Shares

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह निर्वाचित भएका छन्।

उनी ३४७ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत ल्याएका छन्।

त्यहाँ एमालेका डम्बर बहादुर घर्तीले २६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याएका छन्।

कुल ९५६ मत खसेकोमा १८ मत बदर भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *