उपनिर्वाचन : महाबुमा एमाले, गढी-६ मा कांग्रेस, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा-४ मा कांग्रेस विजयी

डिसी नेपाल
१७ मंसिर २०८१ ७:४१
1.5k
Shares

काठमाडौं। आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ।

महाबुमा एमाले

दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जंगबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरका थिए। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

गढी-६ मा कांग्रेस

इनरुवाः सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए।

डाक्नेश्वरी १ र ४ मा जसपा

सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्।

डाक्नेश्वरी-१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी-मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए।

सुर्मा-४ मा कांग्रेस

बझाङः सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *