पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी र एमालेबीच कडा टक्कर
काठमाडौं। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ। जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले अग्रता कायमै राखेकी छन्।
बुढाले २०९९ मतका साथ अग्रता लिएकी छन्। कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १८०५ मत पाएकी छन्। यी दुईबीचको मतान्तर २९४ रहेको छ।
पुथा उत्तरगंगामा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्ध गरेका छन् भने माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। सो क्षेत्र माओवादीको प्रभावक्षेत्र मानिन्छ। अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment