मतदातामा निराशा देखियो: रास्वपा

डिसी नेपाल
१७ मंसिर २०८१ २०:२३
928
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको जनाएको छ।

रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्तिमार्फत नागरिक मताधिकारको अभ्यासमा मतदातामा वितृष्णा तथा निराशा देखिएको जनाएका हुन्।

लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको उनको भनाइ छ। मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा रास्वपा सचेत रहेको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तह उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई रास्वपाले धन्यवाद ज्ञापनसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *