पत्रकार महासंघको निर्वाचन तालिका सार्वजनिक, असन्तुष्ट पत्रकारको तालाबन्दी

डिसी नेपाल
१८ मंसिर २०८१ १३:३७
80
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेकै दिन असन्तुष्ट पत्रकारले तालाबन्दी गरेका छन्।

सक्रिय पत्रकारलाई संघको सदस्य हुनबाट विमुख गरेको भन्दै प्रेस चौतारी मकवानपुरले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरेको हो।

चौतारीले पत्रकार नै नरहेका फर्जी सदस्यको सदस्यता खारेज, सक्रिय पत्रकारलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको हो।

महासंघले वितरण गरेको फर्जी सदस्यको खारेजी र सक्रियहरुको सदस्यता वितरण नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि नगर्न चौतारी मकवानपुरले माग गरेको छ। यथास्थितिमा निर्वाचन गर्न खोजे सशक्त बहिस्कार गरिने चौतारीको चेतावनी छ।

महासंघको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने तालिका छ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *