इजरायल र हिजबुल्लाहले फेरि एक अर्कामाथि आक्रमण गरे, युद्धविराम खतरामा

डिसी नेपाल
१८ मंसिर २०८१ १४:०४
288
Shares

काठमाडौं । इजरायलले सोमबार साँझ लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। हिजबुल्लाहले पनि जवाफी कारबाहीमा इजरायली पोस्टमा गोली प्रहार गरेको थियो।

दुवै पक्षले एकअर्कालाई गत हप्ता भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको दुई गाउँमा इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानभरि हिजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको बताएको छ।

हिजबुल्लाहले इजरायलले कब्जा गरेको इलाकामा रहेको सेनाको चौकीमा गोली प्रहार गरेको प्रतिक्रिया दिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहको आक्रमणलाई “युद्धविरामको गम्भीर उल्लङ्घन” भन्दै इजरायलले कडा प्रतिक्रिया दिने बताए।

युद्धविराम सम्झौताको घोषणा गर्दा नेतान्याहुले हिजबुल्लाहले सम्झौताका शर्तहरू उल्लङ्घन गरेमा कारबाही गर्न नहिचकिचाउने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *