माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
बिहीबार बिहानदेखि खुमलटारमा बसिरहेको बैठकमा उपचुनावको समीक्षा, केन्द्रीय समिति बैठक, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन लगायत एजेन्डामा छलफल केन्द्रीत रहेको छ ।
भर्खरै सकिएको स्थानीय तहको उपनिर्वाचनको परिणामलाई लिएर माओवादी नेताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment