चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली नेपाल फिर्ता

डिसी नेपाल
२० मंसिर २०८१ १५:२८
32
Shares

काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका छन्। १७ गते गएका उनी चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार अपराह्न स्वदेश फर्किएका हुन्।

यही मंसिर १७ गते प्रधानमन्त्री बेइजिङ गएका थिए। चीनमा रहँदा नेपाल र चीनबीच बिआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। यसबाहेक नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको थियो।

नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माण, नेपाल-चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। ओलीले ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *