कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

डिसी नेपाल
२१ मंसिर २०८१ १४:०६
300
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

बैठक आगामी सोमबार विहान ९ बजेको लागि तय भएको जनाईएको छ। प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने भएको हो।

उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन्। बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन्। यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *