शेखर कोइरालाले गरे कोशी प्रदेश सम्मेलन बहिस्कार

डिसी नेपाल
२१ मंसिर २०८१ २१:४९
448
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन्।

शनिबार विराटनगरमा हुन लागेको प्रदेश सम्मेलन छोडेर कोइराला चितवन जाने तय भएको छ। कोइराला शनिबार चितवनका कांग्रेस नेता उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व. भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ। महामन्त्री गगन थापालगायत नेता विराटनगर गइसकेका छन्। सभापति शेरबहादुर देउवा प्रदेश सम्मेलनको मुख्य अतिथि रहेका छन्।

देउवापछि मञ्चमा दोस्रो वरियता खोजिरहेका कोइरालाले आफ्नै गृहनगर तथा प्रदेशमा हुन लागेको सम्मेलन बहिस्कार गरेका हुन्।कोइरालाले उक्त सम्मेलनमा देउवापछि आफूलाई दोस्रो वरियता मागिरहेका थिए। तर, मर्यादा क्रममा उनलाई दोस्रो वरियता नदिइने भएपछि बहिस्कार गरेको बताइएको छ।

केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन्। कोइराला वरियतामा २० नम्बरमा छन्। १४औं महाधिवेशनमा देउवालाई कडा टक्कर दिँदै ४० प्रतिशत मत ल्याएका कोइरालाले वरियतामा पहिलेदेखि नै चित्त दुखाउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *