एकसाताभित्र निर्माण व्यवसायीको भुक्तानी हुन्छः अर्थमन्त्री

डिसी नेपाल
२२ मंसिर २०८१ १७:५४
132
Shares

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको एकसाताभित्र भुक्तानी भइसक्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले आइतबारबाटै निर्माण व्यवसायीकोे बक्यौता भुक्तानी सुरु हुने र ढिलोमा एकसाताभित्रै सबैको भुक्तानी भइसक्ने बताएका हुन्। भुक्तानीमा केहि समस्या देखि आफुसमक्ष आउन आग्रह गर्दै अर्थमन्त्री पौडेलले उचित निकास निकाल्ने प्रतिबद्धता जनाए।

उनले निर्माणको क्षेत्रमा देखिएको समस्या एक अर्कालाई देखाएर समाधान नहुने उल्लेख गरे। अर्थमन्त्री पौडेलले संघीय सरकार अन्तर्गतको विकासे आयोजनाहरुको बजेटमा हेर्दा सन्तोषजनक नरहेको भन्दै बजेट निर्माणको प्रक्रियामा सुधार गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले केहि सिमेन्ट कम्पनीहरुले बोरामै दुई सय रुपैया मूल्य वृद्धि गरेको र उद्योगीहरुले सिमेन्टमा कार्टेलिङ गरेको बताए। सिमेन्ट मूल्य वृद्धि गर्नुको कारणबारे सरकारले अध्यययन गर्नुपर्ने उनले बताए।

उनले निर्माण व्यवसायीहरुको भूक्तानी समयमा नै हुन नसकेकाले ऋण तिर्न नसकेकाले समयमा नै भूक्तानी गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *