रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगञ्ज लगिने

डिसी नेपाल
२४ मंसिर २०८१ १२:३०
284
Shares

पोखरा। पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई पर्सा लैजान बिमानस्थल लगिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ। प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौं अनि काठमाडौंबाट प्लेनमा सिमरा हुँदै वीरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो।

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *