अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याइन्छ : गृहमन्त्री लेखक
सुर्खेत। गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याउने बताएका छन्।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले बिशेषलाई उन्मुक्ति दिने, सानो ठूलो भनेर बिभेद गर्ने काम नगर्न निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानूनको दायराभित्र ल्याउनुपर्ने बताएका हुन्।
शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई उहाले निर्देशन समेत दिए। अहिलेको सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र बनेको नभइ विशेष परिस्थितलाई सम्बोधन गर्न ठूला दुई दल एक ठाँउ उभिनुपरेको उनले बताए। लेखकले अहिलेको संविधानलाई असफल गर्ने छुट कसैलाई नरहेको उल्लेख गरे।
उनले नागरिकले प्राप्त गर्ने सवै सेवाहरुलाई सहज रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment