रबि लामिछाने काठमाडाैंमा, अब सिमरा हुँदै वीरगञ्ज लगिँदै
काठमाडाैं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ।
आज भने पर्सामा बयानको लागि लगिँदैछ। लामिछानेलाई भर्खरै पोखरा विमानस्थलबाट काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याईएका रविलाई दिउँसो साढे २ बजेको फ्लाइटबाट सीमरा लगिनेछ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो।
ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment