एनआरएनए स्वीडेनमा नयाँ नेतृत्व

डिसी नेपाल
१ भदौ २०७६ १३:५१

स्वीडेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्वीडेनले नयाँ नेतृत्व पाएको छ। संघको शनिबार सम्पन्न  पाँचाै राष्ट्रिय महाधिवेशनले दिनेश कुमार श्रेष्ठ अध्यक्ष  रहेकाे १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। श्रेष्ठ  तत्कालीन कार्यसमितिको महासचिवको जिम्मेवारीमा थिए।

संघको आगामी कार्यकाल २०१९–०२१ का लागि महासचिव बाहेक अन्य पदमा कुनै दोहोरो उम्मेदवारी नपरेको तथा दाबीविरोध नरहेकोले निर्विरोध विजयी भएको घोषणा गरिएको थियो। महासचिवका लागि भने राज कुमार पाठक ‘ओमसन’ र अनिल सापकोटाको मनोनयन परेको हुँदा निर्वाचन नै गर्नु परेको थियो।

निर्वाचनबाट प्रतिस्पर्धी अनिल सापकोटालाई भारी मतले पराजित गर्दे राज कुमार पाठक ‘ओमसन’ महासचिवमा विजयी भए। ४१ मत पाएका सापकोटालाई पाठकले ७२ भोटले उछिन्दै १ सय १३ मत प्राप्त गरेका थिए।

महाधिवेशनबाट निर्विरोध निर्वाचित हुने कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष घन श्याम पुन, सचिव प्रमोद अर्याल, कोषाध्यक्ष सरिता ढकाल छन्।

त्यस्तै युवा संयोजकमा भीम बहादुर भण्डारी, महिला संयोजकमा रिना केसी, आईसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।

त्यसैगरी निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरूमा पुनम राई, सुधन रेग्मी, नवराज तिमल्सिना, बेली जिसी र प्रविण श्रेष्ठ रहेका छन्।

महाधिवेशन संघकी महिला संयाेजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *