मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०८१ ९:४०
272
Shares

धनगढी । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पीयन २’ को उत्कृष्ट ४ मा पुगेरका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको मृत्यु भएको छ।

मंगलबार साँझ कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो। गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महरा गम्भिर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडि देखाउँदै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *