राजीनामा दिएका सशस्त्रका इन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दा नक्कली पाइएसँगै आज अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुने भएपछि कुँवरले राजीनामा दिएका थिए। अख्तियारले दायर गरेको रिटमा कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन,युपी।) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गर्दै राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभ प्राप्त गरेको आरोप छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment