प्रसाईंविरुद्ध साइबर कसुरमा मुद्दा दर्ता

डिसी नेपाल
२७ मंसिर २०८१ ९:४४
164
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए।

साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीविरुद्ध साढे ७ वर्ष कैद माग गरिएको छ।

सरकारी वकिलले उनविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ। दफा (४७) को (२) अनुसार उनलाई थप सजाय हुन मागदाबी गरिएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार पारेर अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४ मंसिरमा पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *