दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश तर तत्काल रिहा नहुने

डिसी नेपाल
२७ मंसिर २०८१ १६:३७
1.6k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रूपैयाँ धरओटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । प्रसाई साइबर अपराधको कसूरमा पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो । यद्यपि उनी तत्काल रिहा भने हुने छैनन् ।

उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आपराधिक विश्वासघातको कसूरमा समेत अनुसन्धान गरिरहेको छ । यो आरोपमा समेत अदालतले धरौटीमा छाड्न आदेश दिएमा मात्र उनी बाहिर निस्कन पाउनेछन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएकोमा यो आरोपमा मात्र अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *