१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

डिसी नेपाल
२८ मंसिर २०८१ १०:१३
48
Shares

पर्वत । कुश्मा नगरपालिकाले १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ। नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका छन्। आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो। भवन लिफ्टसहित साढे छ तलाको हुनेछ। साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ। महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *