राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त, कहाँ को?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि राजदूत नियुक्त गरेका छन्। उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरेका हुन्।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङफे राजदूतमा नियुक्त भएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment