उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको माओवादीको निष्कर्ष

डिसी नेपाल
२८ मंसिर २०८१ १७:११
100
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले उपनिर्वाचनमा उत्साहपूर्ण नजिता आएको र अहिलेको नजिताले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

त्यस्तै सत्तातिर नभई जनतातिर फर्कनुपर्छ भन्ने जनताको सन्देश प्राप्त भएको उनले बताए। चुनावी नतिजाले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका विषयमा सरकारका प्रति जनताले निशारा प्रकट गरेको पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाको भनाइ छ।

त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरि मिति तय गरेको छ। यसअघि पुस २ गतेदेखि सुरु हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरि तय भएको प्रवक्ता सापकोटाले बताए।

केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उनले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *