एमाले र मविरुद्धकाे कूप्रचारमा प्रचण्डको नेतृत्वमा गिरोह सक्रिय छः प्रधानमन्त्री ओली

डिसी नेपाल
२८ मंसिर २०८१ १८:५७
564
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले कुप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाएका हुन्। एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय प्रचण्ड र प्रचण्डको नेतृत्व सक्रिय रहेको उनको भनाइ छ।

उनले आफूविरुद्धको विष काठमाडौं बसेर नै पचाई दिने बताए। उनले प्रचण्डले नै भ्रष्टाचारीको संरक्षण गरेको टिप्पणी गर्दै त्यसको आरोप भने आफूलाई लगाएको धारणा राखे। भ्रष्टाचारीलाई काध हाल्ने काम प्रचण्डले गरेको उनको भनाइ छ। ओलीले अहिले सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरेको आफ्नो आवाजको दुरुपयोग भएको र आफ्नै पार्टीका नेताहरु समेत भ्रममा परेको बताए।

उनले देशको स्थीरताका लागि कांग्रेस–एमालेबीच सरकार बनेको जिकिर ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताए। प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *