गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ

डिसी नेपाल
२८ मंसिर २०८१ २१:३२
28
Shares

गण्डकी। गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन्।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन्।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेकी हुन्। श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपांगता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्ने भएकी छन्।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपांगता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *