विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारीविरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो। सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो। आयोगले घूस रकमसहित पक्राउ गरेको प्रहरी सहायक निरीक्षक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो।
यस्तै, आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ। सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो।
प्रतिवादीले गैरकानुनी रूपमा घूस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो। सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment