बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

डिसी नेपाल
२९ मंसिर २०८१ ८:५३
480
Shares

बाजुरा । बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ।

बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडाका हर्क सनईकी ८ वर्षीया छोरी विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो। बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *