पशुपति जंगलमा २० वर्षीया किशोरीको शव फेला
काठमाडौं । पशुपतिको जंगलमा २० वर्षीया किशोरीको शव फेला परेको छ।
शंखरापुर नगरपालिका–५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार गत आइतबारदेखि हराइरहेकोमा आज मृत फेला परेकी हुन्।
उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन्। छोरी हराएपछि उनका बुबाले बानेश्वर वृत्तमा खोजीका लागि निवेदन दिएका थिए।
बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटेपछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए। गार्डले प्रहरीलाई जानकारी गराएको हो।
घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment