बाँकेबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
नेपालगन्ज । ब्राउनसुगरसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पुष्पलालचोकबाट १५० ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपालगन्ज-२२ का राजेन्द्रकुमार गोडिया, नेपालगन्ज-५ का यमुजीव खान र नेपालगन्ज-८ का मोहिद अन्सारी छन्।
गोडिया सवार साइकलको ह्याण्डलमा झुन्ड्याएको प्लास्टिकभित्र टिफिनको बट्टामा राखिएको अवस्थामा ब्राउनसुगर बरामद भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment