सुनको मूल्य घट्यो
काठमाडौं। अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ।
गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो। शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला २० घटेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment