न्यायाधीशलाई रविको प्रश्न- मलाई बाहिर छोड्दा के नै प्रमाण नष्ट गर्थें र?

डिसी नेपाल
२ पुष २०८१ १३:३०
3.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।

प्रहरी अनुसन्धान सकिएको र अभियोगपत्र दर्ताका लागि अध्ययन भइरहेकाले थप समय चाहिने जिल्ला सरकारी वकीलको कार्यालयले दाबी गरेपछि अदालतले चार दिन म्याद थप गरेकाे हाे। जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन पुस १ मा जिल्ला सरकारी वकीलको कार्यालयलाई बुझाएको थियो।

त्यसमा पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७०० बचतकर्ताको बचत रकम अपचलन गरिएको पाइएको उल्लेख छ। लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन राय दिइएको छ।

उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, सहकारी ठगी र संगठित अपराधमा ६ वर्षको दरले कैद सजाय माग गर्नुपर्ने राय छ।

आज अदालतमा उपस्थित गराइएका रविले आफूलाई बाहिर छाडिदिएको भए के नै प्रमाण नष्ट गर्थेँ भन्दै प्रश्न गरेका छन्। न्यायाधीश हिमलाल बेलबासेको २ नम्बर इजलासमा रविले मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान्? भन्दै प्रश्न गरेका थिए।

रविको प्रश्नपछि न्यायाधीशले मुस्कुराउँदै भने, ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *