सहकारी ठगी प्रकरण

अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी

डिसी नेपाल
२ पुष २०८१ १४:४०
556
Shares

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ।

सहकारी ठगी प्रकरणमा मुद्दा चलेर उपस्थित नभएका २५ जनालाई मोरङ जिल्ला अदालतले ३५ दिनभित्र उपस्थित हुन म्याद जारी गरेको हो। उक्त सहकारी प्रकरणमा १० जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ।

कोइराला उक्त सहकारीकी पूर्वसञ्चालक हुन्। उनले ५ माघ २०७८ मा पदबाट राजीनामा दिएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *