अस्ट्रेलियाविरुद्ध ब्रिसबेन टेस्टमा भारत फलोअनबाट जोगियो
काठमाडौं । भारत र अष्ट्रेलियाबीच ब्रिसबेनमा जारी तेस्रो टेष्ट खेलमा भारत फलोअनबाट जोगिएको छ । अस्ट्रेलियाले दिएको ४४५ रनको जवाफमा भारतीय टोलीले पहिलो इनिङ्समा ९ विकेट गुमाएर २५२ रन बनाएको छ ।
चौथो दिनको खेल समाप्त हुँदा आकाशदीप २७ रन बनाएर र जसप्रित बुमराह १० रन बनाएर क्रिजमा रहे । रविन्द्र जडेजाले सर्वाधिक ७७ रनको इनिङ खेले ।
कप्तान रोहित शर्मा फेरि असफल भएका छन् । रोहितले १० रन मात्र बनाएका थिए जब उनी प्याट कमिन्सको बलमा एलेक्स केरीले विकेटको पछाडि क्याच आउट भएका थिए।
क्रिकेटमा फलोअन ऐच्छिक नियम हो। यो दुवै टोलीले २-२ पटक ब्याटिङ गर्ने खेलमा मात्र लागू हुन्छ।
यसको मतलब कम्तिमा तीन इनिङ्स पूरा नभएसम्म कुनै पनि टोलीले खेल जित्न सक्दैन। फलोअनका लागि पहिले ब्याटिङ गर्ने टोलीसँग कम्तिमा २०० रनको अग्रता हुनुपर्छ ।
अर्थात् पहिलो इनिङ्समा कुनै टोली आफ्नो विपक्षीसँग कम्तिमा २०० रनले पछि परेमा मात्र यो नियम लागू हुन्छ।
यो निर्णय पहिले ब्याटिङ गर्ने टोलीका कप्तानले लिनेछन्। यदि टोली बलियो स्थितिमा छ भने कप्तानले फलोअनको विकल्प रोज्छन्।
फलोअन खेल्ने टोलीले फेरि ब्याटिङ गर्नुपर्छ । पहिले ब्याटिङ गर्ने टोलीले ठूलो स्कोर बनाएमा फलोअन खेल्ने टोलीको इनिङ्स गुम्ने खतरा हुन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment