एनपीएल पुरस्कार घोषणा, कसले कति पाउने?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणा गरेको हो।
एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने क्यानले जनाएको छ। दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने क्यानको भनाइ छ।
यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment