एनपीएलमा एलिमिनेटर खेल, चितवन र कर्णाली भिड्दै

डिसी नेपाल
३ पुष २०८१ ६:३८
312
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइ वटा खेल हुँदैछन्। हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमिनेटर र पहिलो क्वालिफायर खेल हुँदैछन्।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्ले अफ सिट सुरक्षित गरेर एलिमिनेटरमा पुगेका चितवन राइनोज र कर्णाली याक्सका बिचमा पहिलो खेल हुँदैछ। पहिलो खेलमा बिहान ९ः बजेवाट सुरू हुनेछ। लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली याक्सले रन रेटका आधारमा प्लेअफमा स्थान बनाउन सफल भएको टोली हो।

उता, कुल ७ खेल मध्ये ४ खेलमा जितसहित चितवन राइनोज तेस्रो भएको थियो। समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रामा रहेका थिए। दुबैको समान अंक ८-८ रहेको छ।

एनपीएल गत मंसिर १५ बाट सुरू भएको थियो। एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

कर्णाली याक्स

सोमपाल कामी-मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

चितवन राइनोज

कुशल मल्ल-मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.