एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै

डिसी नेपाल
४ पुष २०८१ ७:५४
588
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो।हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ ।

हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.