खैरो हेरोइनसहित कैलालीबाट चार जना पक्राउ
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
लम्कीचुहा नगरपालिका बचैलास्थित खाली घरबाट खैरो हेरोइन २ ग्राम ६ सय २० मिलिग्रामसहित चार जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही नगरपालिका–४ कौवापुर बस्ने २४ वर्षीय आरन थापा, २३ वर्षीय जगत वड, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय भिमसेन सापकोटा छन्। चारै जनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment