दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सकियो सुनुवाइ
काठमाडौं । दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई उपस्थित गराएर सुनुवाइ भएको हो।
प्रसाईंलाई अदालतमा झिकाउन यस अघि आदेश भएअनुसार उनलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो।
साइबर अपराधमा पक्राउ परेका प्रसाई यसअघि ४० हजार रुपैयाँ धरौटीमा छुटे पनि लगत्तै आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment