सिंह र बोहरा एआईजीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
गत शुक्रबार बसेको बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकाशपछि रिक्त पदमा सिंह र बोहराको बढुवा गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment