बजारमा घट्यो पहेँलो धातुको चमक: तोलामा ११ सयले घट्दा सुन २ लाख ८८ हजारमा सीमित

डिसी नेपाल
२९ असोज २०८३ ११:४१

काठमाडौं। नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ। गत सोमबारदेखि निरन्तर घटिरहेको सुनको मूल्यले बिहीबार पनि सोही निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ। यस गिरावटसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ।

यसअघि बुधबार सुनको मूल्य २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यस्तै मंगलबार २ हजार २०० रुपैयाँले ओरालो लाग्दै २ लाख ९२ हजार २०० रुपैयाँ र सोमबार २ हजार १०० रुपैयाँ घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार भने सुनको मूल्य ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्यमा पनि गिरावट

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ, सोमबार २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ र आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *