रवि लामिछाने सांसदबाट निलम्बित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका हुन्।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन्।
‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।
प्रहरीले लामिछानेविरुद्ध हिजो सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment